March 7, 2018

चाइनासंग राम्रो सम्बन्ध राख्न पाकिस्तानी     प्रधानमन्त्रीको सुझाव!

फागुन २३, पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

‘बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया (सार्क) लाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’

बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय