फल्गुण १८,काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा खोजी सुरु गरेको छ ।कामपाले सबै वडालाई लिखित निर्देशन दिएपछि सबै वडाले सार्वजनिक जग्गा खोजी कार्य सुरु गरेको हो ।कामपा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सार्वजनिक जग्गाको खोजी सुरु गरिएको जानकारी दिए ।
कामपाले मंगलबार त्रिपुरेश्वरको कुमारीमार्गको करिब १ रोपनी १४ आना २ दाम जग्गा रेखांकन गरेको छ ।सो वडामा करिब ८ रोपनी सार्वजनिक जग्गा रहेको उनले जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।ईश्वरराज ढकालले समाचारमा लेखेका छन्, कामपाका मेयर बिद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा खोजी गरी तत्काल पार्कका रुपमा विकास गर्न सबै वडालाई लिखित पत्र पठाएको बताए ।
कामपाले सार्वजनिक जग्गामा मन्दिर वा क्लब निर्माण गर्नेभन्दा पनि खुला क्षेत्रका रुपमा विकास गर्न निर्देशन दिएको छ ।सार्वजनिक जग्गा भेट्यो कि मन्दिर वा भवन बनाउने प्रवित्तिलाई रोक्न र सबै जग्गामा पार्क निर्माण गर्न निर्देशन दिएको मेयर शाक्यले बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय