
काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेका छन् ।उनले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिने घोषणा गरेकी छिन् । हिक्स राष्ट्रपति ट्रम्पसँग सबैभन्दा लामो समय काम गर्नेमध्येकी एक सल्लाहकार थिइन् ।
राष्ट्रपति ट्रम्पले उनलाई साँच्चीकै असल मानिस भन्दै उनको अभाव खड्किने बताएका छन् ।उनले हिक्स निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति भएको भन्दै भविष्यमा पनि सँगै काम गर्न चाहेको बताए ।२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुने भन्ने प्रष्ट नभएको बताए ।ह्वाइट हाउसका सञ्चार निर्देशक एन्टोनी स्कारामुची बर्खास्तमा परेपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले उनले ह्वाइट हाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी दिएका थिए ।(एजेन्सी)
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि