फाल्गुन १६, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयरी गरेको छ ।नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।
गत बर्षको भाषा परीक्षा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो । आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।नेपाली युवा छनोटको लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बताए ।
भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने शाखाले जनाएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय