February 27, 2018

विश्वकप छनोट : नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

 

ad
विश्वकप छनोट : नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

 फागुन १५ ,काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटमा सहभागी हुन् जिम्बाबे पुगेको नेपाली क्रिकेट टोलीले आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । छनोट खेलअघि दुई अभ्यास खेलको मौका पाएको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुने नेपाल र युएईबीचको अभ्यास खेल नेपाली समयअनुसार अपरान्ह १ स् १५ बजे सुरु हुने छ । नेपाल र युएई नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को शिर्ष दुईमा रहदै विश्वकप छनोटमा पुगेको हो ।युएईपछि नेपालले मार्च १ मा हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

छनोटमा नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।