February 27, 2018

विश्वकप छनोट : नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

 

ad
विश्वकप छनोट : नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

 फागुन १५ ,काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटमा सहभागी हुन् जिम्बाबे पुगेको नेपाली क्रिकेट टोलीले आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । छनोट खेलअघि दुई अभ्यास खेलको मौका पाएको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुने नेपाल र युएईबीचको अभ्यास खेल नेपाली समयअनुसार अपरान्ह १ स् १५ बजे सुरु हुने छ । नेपाल र युएई नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को शिर्ष दुईमा रहदै विश्वकप छनोटमा पुगेको हो ।युएईपछि नेपालले मार्च १ मा हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

छनोटमा नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि