February 25, 2018

एमाले-माओवादीबीच सत्ता भागबण्डाको टुंगो: फोरमलाई ल्याउने यस्तो प्रयास

‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई दिने र सभामुख माओवादीले लिने समझदारी भएको छ।’

एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष र सात वटा मन्त्रालय लिने सहमति भएको छ। यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिमा जुटेका नेताहरूको भनाइ छ ।

दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि पठाएका तीन जनाको सिफारिस फिर्ता लिँदै एमालेका दुई र माओवादी केन्द्रका एक जना सिफारिस गर्नेसम्म थिए ।

सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयन गरेपछि देउवा सरकारद्वारा मनोनति तीन जना अदालत गुहार्न पुगका छन् ।

एमाले र माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसद्को समर्थनयुक्त बनाउन पनि प्रयास भइरहेको छ। यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँडमा सहमतिमा ल्याउने प्रयास जारी छ। फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुईवटा मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा दुई दलले छलफल गरिहेका छन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय