February 24, 2018

यस आर्थिक बर्षभित्र यस्तो छ प्राधिकरणको लक्ष्य

फागुन १२,काठमाडौं ।
 

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले ग्राहकबाट महसुल असुल गर्न मात्रै करिब १५ सय कर्मचारी खटाउनुपरेको छ ।विद्युत महसुल केन्द्रका मुलुकभर एक सय ६८ वटा आय संकलन केन्द्र छन् । आजको कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, ग्राहकको चाप हेरी एक केन्द्रमा कम्तीमा ४ देखि १५ जनासम्म कर्मचारी खटिने गरेका छन् ।उनीहरुलाई दिने मासिक तलब औसतमा २५ हजार हिसाब गर्ने हो भने पनि प्राधिकरणको मासिक करिब ३ करोड ७५ लाख रुपैयाँ खर्च भइरहेको छ ।यसमा बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने ग्राहकको खर्च हुने समयको कुनै गणना छैन ।

अनलाइन बिलिङतर्फ ग्राहकले देखाएको सक्रियताले प्राधिकरणको यो रकम चाँडै बचततर्फ जाने संकेत गरेको छ ।

भदौदेखि काठमाडौंमा अनलाइन बिलिङ सिस्टम सुरु गरेको प्राधिकरणले अहिले यसलाई ७५ वटा आय संकलन केन्द्रमा विस्तार गरिसकेको विलिङ महाशाखा प्रमुख सजुनकुमार श्रेष्ठले बताए ।यो आर्थिक बर्षभित्र सबै आय संकलन केन्द्रमा अनलाइन बिलिङ प्रणाली जडान गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय