February 21, 2018

अपराधी चिन्ने चस्माको कमाल !

फागुन ९,काठमाडौं ।
 
तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबललगायत चस्माबारे अधिकांशलाई जानकारी नै होला । तर, चीनमा नयाँ प्रकारको चस्मा चर्चामा छ । यो चस्माले अपराधी चिन्न सक्छ ।

चिनियाँ प्रहरीले अपराधी पहिचान गर्न सक्ने चस्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामेरा भएको चस्मा अपराध अनुसन्धानमा संलग्न चिनियाँ प्रहरीलाई दिन सुरु गरिएको छ ।

यो चस्माको सहायताले प्रहरीले अपराधी पहिचान गर्न सघाउ पुर्‍याउने बताइएको छ । हालसम्म यही चस्माको सहयोगले प्रहरीले सातजना अपराधी पक्राउ गरेको खबर चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । झेङझाउ प्रान्तको पश्चिम रेल स्टेसनमा केही प्रहरीलाई यो चस्मा लगाएर गस्तीमा खटाइने गरिएको छ ।

चस्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्छ । यो चस्मा लगाएको प्रहरीको आँखामा पर्ने व्यक्तिको अनुहार प्रहरीको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग अटोमेटिक रुजु हुन्छ । कुनै अपराधीसँग ती व्यक्तिको अनुहार मेल खाएमा सम्बन्धित प्रहरीले तत्काल जानकारी पाउँछन् र पक्राउ गर्न सक्छन् । किनभने, चस्मालाई वायरलेस चिपको सहायताले प्रहरीको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडेर सूचनालाई चुस्त पारिएको छ ।

चीन अहिले विश्वमा अनुहार पहिचान गर्न सक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब