जहाँ सिंगो गाउँ नै किनबेच हुन्छ

धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए आजको अन्नपूर्ण पोस्टमा खबर छ ।dom-siraha-aanapurna_4o5rv0AsMlलहान नगरपालिका-२२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ।’ सिंगो वडा नै किन्ने दिलीप मरिककी हजुरआमाको नाममा बेलीगाउँ पनि छ। हिजोआज बेलीगाउँ दुई दाजुभाइले संयुक्त रूपमा चलाइरहेका छन्। परिवारको सदस्य वृद्धि भएकाले थप गाउँ किन्नुपरेको उनी बताउँछन्।

मरिकले भने, ‘कमाइ गरिखाने गाउँ थोरै भएकाले त्यसबाट हुने कमाइबाट गुजारा चल्न धौ-धौ परेपछि नयाँ गाउँ किनेको हुँ। आफ्नो गाउँ नहुँदा आफैंले बनाएको बाँसका सामग्री अरूलाई कम मूल्यमा दिनुपर्थ्यो।’ डोम समुदायले बाँसका सामग्री बनाउने र आफूले किनेको गाउँमा बेच्ने गर्छन्।

घरजग्गा बिक्री त देशभर जहाँ पनि हुन्छ तर सुन्दै अचम्म लाग्छ, सिरहा जिल्लामा भने यहाँका अल्पसंख्यक मधेसी दलित (डोम जाति) ले गाउँ नै खरिद बिक्री गर्छन्। सिंगो बस्ती कुनै न कुनै डोम समुदायका मानिसले किनेकै हुन्छ। मधेसको सबै गाउँ बिक्री भएको छ। डोम समुदायमा गाउँका गाउँ बेच्ने, किन्ने र आफ्नो गर्जो टार्न बन्धकीसमेत राख्ने अनौठो चलन छ।

पूर्वको झापादेखि पश्चिमको पर्सासम्म करिब १३ हजार संख्यामा छरिएर बसेका डोम समुदायमा आफ्नो इलाका छाडेर अरूकोमा गई बाँसको सामग्री बिक्री गर्न र काम गर्न प्रतिबन्ध छ।अरूको इलाकामा गएर काम गर्न र बाँसको सामग्री बनाई बिक्री गर्न गाउँ, सहर किन्नुपर्छ नभए बन्धकी लिनुपर्छ। कोही लुकेर अर्काले किनेको गाउँमा बेच्न गएमा जातीय नियमअनुसार दण्ड व्यहोर्नुपर्छ।यो समुदायमा भाइभाइबीच अंश लगाउँदा पनि गाउँ-टोल नै लगाउने चलन छ।

अंशमा एउटा मात्रै गाउँ भागमा परेपछि काम गर्ने एरिया सानो हुँदा सिसवनीका भोला मरिकले बन्धकीमा लिएका छन्। भोला भन्छन्, ‘३५ हजारमा हरि मरिकसँग बाखैरगाउँ बन्धकीमा लिएको छु।’

धनगढीमाई नगरपालिका-११ का डोम समुदायको अगुवा रामचन्द्र मरिकका अनुसार गाउँ ५० हजारदेखि एक लाख रुपैयाँसम्म र बजार दुई लाखदेखि पाँच लाखसम्म किनबेच हुने गरेको छ। उनले भने, ‘डोम समुदायमा जातीय कानुन कडा रहेकाले अरूको गाउँ, टोलमा आएर काम गरे जातीय दण्ड जरिवानामा परिने डरले कोही पनि अरूको इलाकामा काम गर्न जाँदैनन्।’ घरखर्च चलाउन समस्या परेपछि आफूले पनि ६ महिनाअघि एउटा गाउँ १० हजारमा बन्धकी लगाएको मरिकले बताए।

०६८ सालको जनगणनाअनुसार सिरहामा २३८ घरधुरी डोम समुदायको बसोबास छ। यहाँका गाउँमा ५÷१० डोम समुदायको घरपरिवार हरेक गाउँमा बसोबास छ। सिरहामा २२ सय ३१ जनसंख्या रहेको यस समुदायको मुख्य आयस्रोतको काम नै बाँसको सामग्री बनाएर बेच्ने हो। डोम समुदायको अगुवा रामचन्द्र मरिकले भने, ‘पहिले-पहिले छाडा चराउन पाउँदा सुँगुर पालन पनि गरिन्थ्यो तर गाउँ-गाउँमा बन्देज लागेकाले हिजोआज बाँसको सामग्री बेचेर गुजारा चलाउने गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना