जहाँ सिंगो गाउँ नै किनबेच हुन्छ

धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए आजको अन्नपूर्ण पोस्टमा खबर छ ।dom-siraha-aanapurna_4o5rv0AsMlलहान नगरपालिका-२२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ।’ सिंगो वडा नै किन्ने दिलीप मरिककी हजुरआमाको नाममा बेलीगाउँ पनि छ। हिजोआज बेलीगाउँ दुई दाजुभाइले संयुक्त रूपमा चलाइरहेका छन्। परिवारको सदस्य वृद्धि भएकाले थप गाउँ किन्नुपरेको उनी बताउँछन्।

मरिकले भने, ‘कमाइ गरिखाने गाउँ थोरै भएकाले त्यसबाट हुने कमाइबाट गुजारा चल्न धौ-धौ परेपछि नयाँ गाउँ किनेको हुँ। आफ्नो गाउँ नहुँदा आफैंले बनाएको बाँसका सामग्री अरूलाई कम मूल्यमा दिनुपर्थ्यो।’ डोम समुदायले बाँसका सामग्री बनाउने र आफूले किनेको गाउँमा बेच्ने गर्छन्।

घरजग्गा बिक्री त देशभर जहाँ पनि हुन्छ तर सुन्दै अचम्म लाग्छ, सिरहा जिल्लामा भने यहाँका अल्पसंख्यक मधेसी दलित (डोम जाति) ले गाउँ नै खरिद बिक्री गर्छन्। सिंगो बस्ती कुनै न कुनै डोम समुदायका मानिसले किनेकै हुन्छ। मधेसको सबै गाउँ बिक्री भएको छ। डोम समुदायमा गाउँका गाउँ बेच्ने, किन्ने र आफ्नो गर्जो टार्न बन्धकीसमेत राख्ने अनौठो चलन छ।

पूर्वको झापादेखि पश्चिमको पर्सासम्म करिब १३ हजार संख्यामा छरिएर बसेका डोम समुदायमा आफ्नो इलाका छाडेर अरूकोमा गई बाँसको सामग्री बिक्री गर्न र काम गर्न प्रतिबन्ध छ।अरूको इलाकामा गएर काम गर्न र बाँसको सामग्री बनाई बिक्री गर्न गाउँ, सहर किन्नुपर्छ नभए बन्धकी लिनुपर्छ। कोही लुकेर अर्काले किनेको गाउँमा बेच्न गएमा जातीय नियमअनुसार दण्ड व्यहोर्नुपर्छ।यो समुदायमा भाइभाइबीच अंश लगाउँदा पनि गाउँ-टोल नै लगाउने चलन छ।

अंशमा एउटा मात्रै गाउँ भागमा परेपछि काम गर्ने एरिया सानो हुँदा सिसवनीका भोला मरिकले बन्धकीमा लिएका छन्। भोला भन्छन्, ‘३५ हजारमा हरि मरिकसँग बाखैरगाउँ बन्धकीमा लिएको छु।’

धनगढीमाई नगरपालिका-११ का डोम समुदायको अगुवा रामचन्द्र मरिकका अनुसार गाउँ ५० हजारदेखि एक लाख रुपैयाँसम्म र बजार दुई लाखदेखि पाँच लाखसम्म किनबेच हुने गरेको छ। उनले भने, ‘डोम समुदायमा जातीय कानुन कडा रहेकाले अरूको गाउँ, टोलमा आएर काम गरे जातीय दण्ड जरिवानामा परिने डरले कोही पनि अरूको इलाकामा काम गर्न जाँदैनन्।’ घरखर्च चलाउन समस्या परेपछि आफूले पनि ६ महिनाअघि एउटा गाउँ १० हजारमा बन्धकी लगाएको मरिकले बताए।

०६८ सालको जनगणनाअनुसार सिरहामा २३८ घरधुरी डोम समुदायको बसोबास छ। यहाँका गाउँमा ५÷१० डोम समुदायको घरपरिवार हरेक गाउँमा बसोबास छ। सिरहामा २२ सय ३१ जनसंख्या रहेको यस समुदायको मुख्य आयस्रोतको काम नै बाँसको सामग्री बनाएर बेच्ने हो। डोम समुदायको अगुवा रामचन्द्र मरिकले भने, ‘पहिले-पहिले छाडा चराउन पाउँदा सुँगुर पालन पनि गरिन्थ्यो तर गाउँ-गाउँमा बन्देज लागेकाले हिजोआज बाँसको सामग्री बेचेर गुजारा चलाउने गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा