February 17, 2018

अमेरिकामा बढ्दैछ बन्दुके संस्कार ! जनसंख्या भन्दा बढी हतियार !

अमेरिकाको ५० मध्य ४२ राज्यमा बन्दुक बोकेर हिँड्न रोकावट छैन ।

अमेरिकामा गोली प्रहारबाट मृत्यु भएको घटनाको डरलाग्दो तथ्याङ्क छ । सन् १९६८ देखि २०११ को बीचमा अमेरिकामा करिब १५ लाख मानिसहरुको गोली प्रहारबाट ज्यान गइसकेको छ ।तर, यो घटनाले एकपटक फेरि अमेरिकामा बढिरहेको गोलीकाण्डको विषयमा बहस गराएको छ । तथापि, अमेरिकामा अन्धाधुन्ध गोली प्रहार गर्ने विकृति केही दशकको मात्रै होइन, यो एक सय वर्ष पुरानो हो ।

सन् २०१५ मा मात्रै पनि १३ हजार भन्दा बढी मानिसहरुको गोली प्रहारका कारण ज्यान गइसकेको छ ।

डरलाग्दो तथ्याङ्क

पछिल्लो समय अमेरिकामा सार्वजनिक भएका सबै तथ्याङ्क आश्चर्यजनक छन् । अन्धाधुन्ध गोली प्रहारबाट सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका युवा शिकार भएका छन् ।

अमेरिकामा भएका गोलकाण्डका घटना मध्येमा ९२ प्रतिशत यो उमेर समुहका युवा शिकार भएको तथ्याङ्कले देखाउँछ । त्यस प्रकारको घटनामा शिकार बन्नेमा ९० प्रतिशत महिला छन् ।

आश्यचर्यजनक कुरा त यो छ कि वर्षौंदेखि अमेरिकामा मानिसहरु अन्धाधुन्ध गोली प्रकारको शिकार भइरहँदा यस्तो कार्यलाई रोक्नका लागि आजसम्म पनि कुनै ठोस कानुन बनेको छैन ।

तथापि, बालबालिकाको हातमा हतियार रोक्नका लागि आवाजहरु नउठेका भने होइनन् । यस्तो आवाजले अमेरिकाको सिनेटमा पनि स्थान पाएको छ । तर, ठोस निर्णय भएको छैन ।

कुन जनसंख्याभन्दा हतियार बढी !

तथ्याङ्क यो पनि बताउँछ कि सन् २००९ मा अमेरिकामा ३ लाख १० हजार हतियार थिए । जसमध्ये १ लाख १४ हजार ह्याण्ड गन, १ लाख १० हजार राइफल र ८६ हजार वटा सटगन थिए ।

यो संख्यामा सेना र सुरक्षाकर्मीलाई दिइने हतियारको संख्या जोडिएको छैन । अर्को आश्यर्च चकित बनाउने कुरा त के छ भने यो वर्ष अमेरिकाको कुल जनसंख्याभन्दा त्यहाँ रहेको हतियारको संख्या बढी थियो ।

भ्यालेन्टाइन डेको दिन हत्याकाण्ड

अमेरिकामा बन्दुक संस्कृतिको कुरा गर्दा सबैभन्दा पहिले सन् १९२९ फेब्रुअरी १४ तारिकमा गोलीकाण्ड मच्चिएको थियो । जसमा ७ जनाको मृत्यु भएको थियो ।

तथापि, यो दुई अपराधीबीच भएको झगडाको नतिजा थियो । तर, त्यसपछि गोलीकाण्डका घटनाहरु निरन्तर बढ्दै गयो ।

तथ्याङ्कहरु भन्छन्– प्रत्येक वर्ष अमेरिकामा ज्यान गुमाउने एक हजार व्यक्ति मध्ये १० जनाको गोली प्रहारबाट मृत्यु हुने गरेको छ ।

तपाईंलाई थाहा होला कि अमेरिकाका राष्ट्रपति पनि यो प्रकरणबाट अछुतो छैनन् । अहिलेसम्म करिब ११ पटक अमेरिकी राष्ट्रपतिलाई हत्या गर्ने कोशिश भएको छ ।

यसको प्रमुख कारण भनेको अमेरिकामा हतियार लिएर सहजै घुम्न पाउनु हो । वास्तवमा, अमेरिकाको ५० वटा राज्य मध्ये ४२ राज्यमा बन्दुक बोकेर हिँड्न कुनै रोकावट छैन । तर, त्यसका लागि अनुमति लिनु पर्छ । त्यहाँको ८ राज्य यस्ता पनि छन्, जहाँ हतियार लिएर घुम्न अनुमति लिनु समेत आवश्यक छैन ।

गन कल्चर ?

 

 

अमेरिकामा हुने गोलीकाण्डहरुलाई अहिले गनकल्चर भनिने गरिएको छ । यो शब्दको प्रयोग पहिलोपटक सन् १९७० मा इतिहासविद् रिकार्ड हाफस्टेरडेटरले गरेका थिए ।

सन् १९८२ सालदेखि लिएर सन् २०११ सम्ममा यस्ता खाल्का हत्या करिब २ सय दिनको फरकमा भएका छन् । त्यसपछि गन कल्चरको संख्या बढेको देखिन्छ । हरेक ६० दिनको अन्तरमा गन कल्चरको घटना सार्वजनिक भएका छन् ।

यूएस टुडेले उल्लेख गरे अनुसार सन् २०१४ मा दुई हप्तामा एक दिन गनकल्चरको घटना सार्वजनिक भएको थियो । यसको अर्थ हरेक दुई हत्यापछि गोलीकाण्ड मच्चिरहेको थियो ।

अमेरिकामा भएका केही चर्चित गोलीकाण्डः

– सन् २०१७ लसभेगासमा भइरहेको एक कार्यक्रमका क्रममा गोली चल्दा ५९ जनाको मृत्यु भयो ।

– यो वर्ष सदरल्याण्ड स्प्रीङ चर्चमा भएको गोलीकाण्डमा २७ जनाको मृत्यु भयो ।

– सन् २०१६ मा ओरल्यान्डो नाइट क्लबमा भएको अन्धाधुन्ध गोली प्रहारमा ५० जनाको मृत्यु भयो ।

– सन् २०१५ मा सेन बरनार्डिनोमा १६ जनाको मृत्यु भयो । त्यसैवेला अङ्पका कलेजमा पनि सोही प्रकृतिको घटना भयो । जसमा १० जनाको मृत्यु भयो ।

– सन् २०१३ मा वासिङ्टनको नेवी यार्डमा भएको फाइरिङको क्रममा १३ जनाको मृत्यु भएको थियो ।

– सन् २०१२ मा औरुरामा भएको फाइरिङमा १२ जनाले ज्यान गुमाउनु पर्याे ।

– यही वर्ष सेन्डी हुक एलिमेन्ट्रीमा भएको गोलीकाण्डमा २८ जनाको मृत्यु भएको थियो ।

– सन् २००९ मा बिङ्घेमटनमा गोली चल्दा १४ जनाले ज्यान गुमाए ।

माथिका सबै घटनामा गोली चलाउने व्यक्ति स्वयंको पनि मृत्यु भएको थियो ।

(एजेन्सीको सहयोगमा)

साभार: अनलाइन डटकमबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय