February 13, 2018

एनसेलका टावरमाथि देशब्यापी आक्रमण : कहिं आगजनी, कहिं बम विस्फोट

काठमाडौं, फागुन १ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको पुर्बसन्ध्यामा एनसेल कम्पनीमाथि देशब्यापी आक्रमण गरेको छ ।

राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक नेकपाले गरेको आग्रह अस्वीकार गर्दै आएको एनसेलका देशैभर रहेका एनसेलको टावरमाथि नेकपाले एकैसाथ तोडफोड तथा  आगजनी गरेको स्रोतले जनाएको छ ।

नेकपाले काठमाण्डौमा रहेका एनसेलका दुई ओटा टावर, भत्तपुरमा रहेको एउटा टावरमाथि आक्रमण गरेको छ । उता ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ । त्यस्तै धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ ।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली , मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, कंचनपुरको बेदकोट र शुक्लाफाँटा टावर, डडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीको टिकापुर र जानकिनगर टावर, सुर्खेतको तिनवटा टावर र जाजरकोटमा दुईवटा टावरमा पनि तोडफोड र आगजनी गरेको छ ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडा तथा रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनैस्थित एनसिएलको टावरमा समेत आक्रमण गर्दा टावर ध्वस्त भएको छ ।

विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ ।

यता, पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति कुकर बम विस्फोट गराईएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए ।

 स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए ।

घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।

एनसेल टावरको आक्रमणका कारण ती क्षेत्रहरुमा एनसेल सेवा अबरुद्ध भएको पनि जनाईएको छ । गत वर्ष पनि नेकपाका कार्यकर्ताले एनसेलमाथि देशव्यापी आगजनी गरी करोडौंकोे क्षती पुर्याएका थिए ।

एनसेलले २२ अर्ब राजस्व नतिरेको, दलालहरुले राष्ट्रिय पुजीलाई विदेश पलायन गराएको, सिमको चार्ज शुल्क महङ्गो बनाएर ग्राहकलाई शोषण गरिराखेकोले कारबाही गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय