February 9, 2018

नेपालको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा नामिबियामाथि रोमाञ्चक जित

१ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन मात्र थियाे । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपालले नामिबियालार्इ उसकै मैदानमा हराउन सफल भयाे । खेलमा ओपनर दिलिप नाथ तथा आरिफ शेख खाता नखोली पभेलियन फर्केका थिए भने, उपकप्तान ज्ञानेन्द्र मल्लले १५ रन मात्र जाेडे ।  कप्तान पारस खड्काले पनि १९ रन मात्रै जाेड्दा नेपाली टिम थप दवावमा थियाे ।

खेलमा शरद भेषावकरले नेपालका लागि सर्वाधिक २९ रन जोड्न सफल भएका थिए । भने, अाजकाे खेलबाट अन्तराष्टिय खेलमा डेब्यू गरेका रोहित पौडेलले १७ रन बनाए । दिपेन्द्र ऐरी ६ रन, करन केसी ३ रन र सोमपाल कामी १३ रनमा आउट भए । यसले नेपाली खेलाडीमा अझ दवाव बढेपनि वसन्त रेग्मीले २४ रन बनाउँदा नेपाललार्इ जित तर्फ फर्कन सहज भयाे । वसन्तले ४९ औं ओभरमा छक्का तथा अन्तिम ओभरमा चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट गरेकाे थियाे । नेपालका लागि सन्दिप लामिछानेले  ८.२ ओभर खेल्दै २ मेडेन साथ १८ रन खर्चिंदै ४ विकेट लिन सफल भए । सोमपाल कामीले ३ विकेट तथा वसन्त रेग्मी, शरद भेषावकर र पारस खड्काले १/१ विकेट लिएर नामिबियालार्इ सस्तैमा समेटेका थिए ।

सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाउन सफल भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेको नामिबियाको एक स्थितिमा २ विकेटको क्षतिमा ७५ रन थियो । तर नेपाली बलरहरुको कसिलो बलिङले नामिबियाको मिडल अर्डर ध्वस्त गरेको थियो ।

नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन जोडे भने जान फ्राइलिन्क र जेन ग्रिनले समान २२ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । विलियम्सलाई सन्दिपकाे शिकार भए ।

 भाेली नेपालले अाफ्नाे दाेस्राे खेल ओमनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।