February 5, 2018

दर्बारमार्ग बलात्कार केशमा मुछिएका दुबै “क” बर्गका ठेकेदार

काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारमध्ये विकास गौतम र दीपक श्रेष्ठ ठेक्कापट्टामा संलग्न व्यक्ति भएको खुलेको छ । स्रोतका अनुसार उनीहरू दुवैजना घटनाको दिन नै हेटौंडाबाट काठमाडौं आएका थिए ।
दरबारमार्गको ल्यान्डमार्क होटलमा बसेर घटनाको भोलिपल्टै अर्थात् ८ गते दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर दिल्ली हुँदै चेन्नई पुगेका थिए ।

हेटांैडा निवासी गौतम ‘क’ वर्गका ठेकेदार हुन् । उनको मोतीदान कन्स्ट्रक्सन कान्ति लोकपथ निर्माणमा संग्लन छ । जानकारहरूका अनुसार उक्त कन्स्ट्रक्सनले करिब तीन अर्ब रुपैयाँ बराबरको सरकारी ठेक्कामा काम गरिरहेको छ । उच्च स्रोतका अनुसार गौतम एक सिमेन्ट उद्योगको चुनढुंगा खानीमा पनि संलग्न छन् । प्रहरीले शनिबार मात्रै हेटौंडाबाट सन्देश बीसी र आवेश लामालाई पक्राउ गरेको छ ।

उनीहरू दुवै गौतमका नजिकका साथी हुन् । बीसीका बाबु भने हेटौंडाकै एक क्रसर उद्योगका मालिकसमेत हुन् । गौतम र श्रेष्ठको विषयमा सूचना लिन प्रहरीले बीसी र लामालाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 
 

महिला अधिकारकर्मीले भेटे प्रहरी प्रमुख

दरबारमार्ग बलात्कार घटनामाथि गम्भीर चासो राख्दै महिला अधिकारकर्मीहरूले आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई भेटेका छन् । महिला दबाब समूह र नयाँ शक्ति पार्टीको महिला विभागका सदस्यहरूले आईजीपी अर्यालसँग दरबारमार्ग घटनाबारे बुझ्न र गम्भीर अनुसन्धान गर्न माग राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय