यसकारण हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी

किन हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी ? 

नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन् ।banaya-jantu-768x366_62Yb2FOyoiसिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही गरेको छ । त्यस्तै, चोरी–सिकारीमा संलग्न ५७४ जनालाई पक्राउ गरेको छ ।

सिआइबीका डिएसपी अनुपम राणाले उत्तरी सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

यसकारण हुन्छ तस्करी
प्रहरीका अनुसार दुर्लभ वन्यजन्तुका अखेटोपहार धेरैजसो भारतबाट नेपालमा भित्रिने गरेका छन् । नेपालका जंगलमा पनि दुर्लभ वन्यजन्तु मारिने गरेका छन् । तिनका अखेटोपहार तिब्बततर्फ तस्करी हुने गरेको छ । तिब्बतीहरूले दुर्लभ वन्यजन्तुको छालाबाट बैठक कोठा सजाउने, ज्याकेट बनाउने, हाडबाट गहना तथा औषधि बनाउने गर्छन् । सिआइबीका डिएसपी राणा पारिवारिक ‘स्टाटस’ देखाउने सन्दर्भमा दुर्लभ वन्यजन्तुका छाला तथा अखेटोपहार प्रयोग हुने गरेको बताउँछन् । ‘वन्यजन्तुको हाडबाट औषधि पनि बनाउने गरेको भेटिएको छ । यस्ता अखेटोपहार प्रयोग गर्नेहरू नेपालमा कमै छन्,’ उनले भने ।

कहिले कति पक्राउ ?
०६७–६८ पक्राउ ४०, अप्रेसन १०
०६८–६९ पक्राउ ५९, अप्रेसन २२
०६९–७० पक्राउ ६०, अप्रेसन ३२
०७०–७१ पक्राउ ६३, अप्रेसन २७
०७१–७२ पक्राउ ८५, अप्रेसन ३७
०७२–७३ पक्राउ १०९, अप्रेसन ४७
०७३–७४ पक्राउ ११६, अप्रेसन ५४
०७४ को ६ महिनामा पक्राउ ४२, अप्रेसन २३
जम्मा पक्राउ ५५४, जम्मा अप्रेसन २५२

चिम्पान्जीदेखि हुचिलसम्म तस्करी
तस्करले नेपाललाई हुचिलदेखि चिम्पान्जीसम्म तस्करीको ‘ट्रान्जिट’ बनाएको प्रहरीको भनाइ छ । प्रहरीले भारत लैजान अफ्रिकाबाट ल्याएको दुईवटा चिम्पान्जी बरामद गरेको छ । त्यस्तै, नेपालबाट अर्को मुलुक तस्कर गर्न लागिएको अवस्थामा ६ वटा हुचिल बरामद गरेको छ । त्यसबाहेक परेवा, बाँदर, सुगा, कालिज, बट्टाई, धानचरा, खरायो, नाङ्ले चरा, सर्प, गोहोरो, लब बर्ड, कछुवालगायतका दुर्लभ वन्यजन्तु पनि तस्करी हुने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

भरिया मात्रै पक्राउ
प्रहरीको कारबाहीमा पक्राउ पर्नेमा अधिकांश भरिया छन् । तस्करका मुख्य नाइकेलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘अहिलेसम्मको अप्रेसनमा बीचका मान्छे पक्राउ परेका छन् । मुख्य नाइकेसम्म अझै पुग्न सकिएको छैन,’ सिआइबीका डिएसपी अनुपम राणाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय