विश्व नम्बर दुई रोजर फेडेरर वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा दक्षिण कोरियाका चुङ हेयन घाइते हुँदै रिटायर्ड भएपछि फेडेरर उपाधि नजिक पुगेका हुन् ।
मेलबर्न पार्क्स्थित रोड लाभेर एरिनामा भएको खेलमा हेयन रिटायर्ड हुनुअघि स्विस फेडेरर ६ – १ र ५ – २ ले अघि रहेका थिए । कोरियाका शिर्ष बरियता प्राप्त २१ बर्षिय हेयनले खुट्टाको पैतालामा चोट लागेपछि खेल त्यागेका थिए । यसअघि उनले कुनैपनि ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो कोरियाली खेलाडीको किर्तिमान बनाएका थिए ।
योसँगै कीर्तिमानी १९ पटकको ग्राण्डस्लाम बिजेता फेडेररले कीर्तिमानी सातौ पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएका छन् । ३७ बर्षिय फेडेररले पाँच पटक अष्ट्रेलियन ओपन जितिसकेका छन् ।
साबिकको बिजेता समेत रहेका फेडेररले अब फाइनलमा क्रोएसियाका मारिन सिलिकसँग खेल्ने छन् । सिलिकले इंग्ल्यान्डका केली एडमण्डलाई ६ – २, ७ – ६ (७ – ४ ) र ६ – २ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा