January 21, 2018

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

 

बेइजिङ, ७ माघ : चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए ।

चिनियाँ सबै दम्पत्तिलाई पहिला दुई सन्तान जन्माउने अनुमति थिएन । चीनको एक बच्चा नीतिमा यहाँको सरकारले सन् २०१५ मा परिवर्तन गरेको थियो । त्यस यता चीनका सबै दम्पत्तिले दुई सन्तान जन्माउन पाउने अधिकार प्राप्त गरेका छन् ।

चीन सरकारले सन् १९७० को दशकदेखि नै एक बच्चा नीति अख्तियार गरेको हो । त्यसमा परिवर्तन गरी सन् २०१५ मा सबै दम्पत्तिले बच्चा जन्माउन पाउने बनाएको हो ।

यो नीति अख्तियार गर्ने बेलामा सन् २०१५ मा चीन सरकारले चीनमा अब धेरै बच्चा जन्मिन सक्ने र यसले देशको जनसङ्ख्या बढ्ने अनुमान गरेको थियो ।

तर सन् २०१७ को पछिल्लो परिणाम हेर्दा भने त्यसो हुन नसकेको देखिएको छ । त्यसैले यहाँका अधिकारीहरुले यसका कारणहरुको खोजी गर्ने जनाएका छन् ।

विशेषगरी यहाँका दम्पत्तिमा सानो परिवारको चाह बढ्दो रुपमा रहेको, महङ्गी आदि कारणले गर्दा थोरैमात्र बच्चा जन्माउने चाहना देखिएको पाइएको केही नीति निर्माताहरुको अनुभव छ ।

त्यसैगरी चिनियाँ नागरिकहरुले ढिला विवाह गर्ने गरेका कारणले गर्दा पनि जन्मदर त्यति धेरै नहुने अनुमान गरिएको छ । त्यसैले अब चीनमा एक मात्र बच्चा जन्माउने आमाबुबाहरुको सङ्ख्या नै धेरै हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उक्त समाचारमा जनाइएको छ । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि