मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका दुई जना नर्सलाई तीन महिनासम्मका लागि पुनःबहाली गर्ने, उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने र अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको उनले बताइन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा नेपाल नर्सिङ संघका तर्फबाट कार्यवाहक अध्यक्ष गंगा थापासहित मन्त्रालयले बुधबार वार्ता समिति बनाएको थियो ।
सबै किसिमका विद्यालयमा नर्सिङ कर्मचारी राख्ने एवं उद्योगमा नर्स/स्वास्थ्यकर्मी राख्ने गरी हाल तर्जुमा भइरहेको राष्ट्रिय स्वास्थ्य नीतिमा समाबेस गर्ने, दुर्गम क्षेत्रमा काम गर्ने नर्सलाई स्वास्थ्य संस्थाको परिसर÷नजिकमा सुरक्षित आवास निर्माण÷मर्मतसम्भार÷भाडा गरी व्यवस्था गर्न सिफारिश गर्ने सहमति बनेको छ ।
यसैगरी दुर्गममा काम गर्ने नर्सको अध्ययन बिदासहितको प्रमाणपत्रदेखि नै उच्च शिक्षा अध्ययनका लागि कोटा निर्धारण गर्न, भौगोलिक वर्गीकरणलाई पुनरावलोकन गरी वैज्ञानिक बनाउन र वर्गीकरणका आधारमा ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म हुनेगरी कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन सिफारिश गर्ने सहमति भएको जनाएको छ ।
नर्सहरुको सेवा सुविधा र वृत्तिविकास मापदण्डको कार्यसम्पादन मुल्यकांनमा भौगोलिक अंकको आधारलाई वस्तुगत र वृत्तिविकास अनुकुल हुनेगरी पुनरावलोकन गरेर संघीयताको सन्दर्भमा भइरहेका कानून तर्जुमा÷संशोधनमा समावेश गर्न तुरुन्त सिफारिस गर्ने र यसका सम्बन्धमा नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्रालयमा ३ दिन भित्र सुझाब पेश गर्ने सहमति पनि भएको छ ।
संघले नर्सिङ सेवा महाशाखा पुर्नस्थापना, सरकारले तोके अनुसार नर्स बिरामीको अनुपात लागू हुनुपर्ने, निजी अस्पतालमा पनि सरकारी सरह न्यूनतम तलवभत्ता हुनुपर्ने, स्वंयसेविकाका नाममा भएको नर्सको श्रकशोषण बन्द गर्नुपर्ने, विद्यालय र उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पु¥याउनु पर्ने, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने र श्रम ऐन लागू गर्नुपर्ने लगायतका माग राखेर विगत नौ नौ दिनदेखि चरणवद्ध आन्दोलन गरिराखेका थिए ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना