पाकिस्तानसँगको पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजको चौथो खेलमा न्यूजील्याण्डले जित हात पारेको छ । चौथो खेलमा लगातार जित हात पारेसँगै न्यूजील्याण्ड ४–० ले सिरिज लिड गरेको हो ।
सेडोन पार्कमा भएको खेलमा २६३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले निर्धारित ओभर सकिन २५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
न्यूजील्याण्डको जितका लागि कोलिन डि ग्रान्डहोमले अविजित ७४ रन बनाए । उनले ४० बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए । त्यस्तै, हेन्री निकोल्स पनि अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । त्यस्तै, न्यूजिल्याण्डका लागि कोलिन मोनरोले ५६ र कप्तानल केन विलियम्सनले ३२ र मार्टिन गुप्टिलले ३१ रन बनाएका थिए ।
बलिङतर्फ भने सादब खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८१ रन बनाएका थिए । उनले ८० बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, पाकिस्तानका लागि फखर जमानले ५४, कप्तान सफ्र्रज अहमदले ५१ र हरिष सोहइलले ५० रनको योगदान दिएका थिए । ५ खेलको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल जनवरी १९ तारिखमा हुनेछ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि