राष्ट्रिय सभामा को–को दाबेदार? सिंहदरबारदेखि नेताका घरघर धाउँदै आकांक्षी

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् ।samsad-1_tVwF8hB42dदुई पार्टीको कार्यदलको आइतबार बसेको बैठकले मतभार खेर नजाने गरी तालमेल गर्न दुवै दलले साना दलसँग समेत आन्तरिक छलफल गर्ने समझदारी गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘स्थानीय तह र प्रदेश सभाको निर्वाचन परिणाम हेर्दा दुवै दलले पाएको सिट संख्यामा फरक–फरक प्रदेशमा बेग्ला–बेग्लै ट्रेन्ड देखिन्छ,’ छलफलपछि माओवादी नेता वर्षमान पुनले भने, ‘प्रदेश १ र ३ मा एमालेको बहुमत छ, २ बाहेक अरू प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले फरक–फरक मापदण्डअनुसार सिट बाँडफाँड टुंग्याउनुपर्ने देखिएको छ, त्यसैले साना दलहरूसँग समेत छलफल गरेर ३ माघमा अन्तिम टुंगो गर्ने समझदारी भएको छ ।’

एमालेका आकांक्षी
प्रदेश १ : अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी, गोपाल गुरागाईं
प्रदेश २ : सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरे
प्रदेश ३ : प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी,

माओवादीका आकांक्षी
प्रदेश १ : हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई
प्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी
प्रदेश ४ : दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा
प्रदेश ५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य
प्रदेश ६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा. केबी रोकाय
प्रदेश ७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

कांग्रेसका आकांक्षी
प्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट

राजपा र फोरमका को–को आकांक्षी ?
राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा तालेमल गर्दा चार सदस्य निर्वाचित गराउन सक्ने सम्भावना छ । राजपामा आकांक्षी धेरै देखिएका छन् । बृजेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, राजीव झा, अशोक यादव, रम्भादेवीलगायतको नाम चर्चामा छ ।

फोरम पनि उम्मेदवार छनोटमा जुटेको छ । तर, अहिलेसम्म नाम टुंगो लगाएको छैन । श्रवण अग्रवाल, हरिनारायण यादव, सीमा सिंह, उर्मिला साह, कृष्णकुमार सिंहलगायतका नेता आकांक्षी छन् ।

उम्मेदवारका आकांक्षी दौडधुपमा व्यस्त
राष्ट्रिय सभा सदस्यको उम्मेदवारका आकांक्षीले टिकट हात पार्न दौडधुप बढाएका छन् । सिंहदरबारदेखि नेताका निजी निवाससम्ममा आकांक्षीको भिड लाग्न थालेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा टिकट नपाएका पूर्वसांसद पनि यो दौडमा छन् ।
‘अहिल्यै नेताको ढोकादेखि कार्यालयसम्म चहार्दै फलानो भनेर नलेखिदिनुहोला । मलाई प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अन्याय गर्‍यो । राष्ट्रिय सभामा समेत नेताहरूले बिर्सिने हुन् कि भनेर झकझकाउन लागेको हो,’ सिंहदरबारमा भेटिएका एक पूर्वसांसदले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय