आइओएम डिनमा फेरि चलखेल सुरु

सम्बन्धन र कलेजमा सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ ।

चार बर्षदेखि बर्खास्तीमा परेर चार दिन कार्यकाल बाँकी रहेका पूर्व डिन डा. शशी शर्माको पदावधीसमेत सकिन एक दिन बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी फेरी आफूअनुकुलको डिन ल्याउने चलखेलमा देखिएका छन् ।आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

डा. शर्माको कार्यकाल बिहीबार सकिँदैछ ।  यसबीचमा अदालतले शर्माको पूनर्बहालीसँगै अर्का डिन डा. जगदीश अग्रवालको नियुक्ति समेत कानुनसम्मत ठहर गरे पनि त्रिवि पदाधिकारीले पूरानोको पूनर्बहालीसँगै अग्रवालको प्रतिस्थापन भएको अर्थ लगाएका छन् ।

त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले एकै पटक दुई डिन हुन नसक्ने भन्दै सार्वजनिक रुपमै डा. अग्रवालको ठाउँमा नयाँ डिन नियुक्ति गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय