इजरायलद्वारा सिरियामा हवाई हमला

एजेन्सी, २५ पुस : इजरायलले आज जेट विमान साथै जमिनबाट तिनपटक सिरियाली भूमिमा मिसाइल आक्रमण गरेको एकजना सिरियाली सैनिकले त्यहाँको राष्ट्रिय टेलिभिजनलाई बताएको छ ।

syriaति सैनिकका अनुसार इजरायली जेट विमानले दमासकस नजिकको अल कतैफा क्षेत्रमा लेवानिस हवाइक्षेत्र भित्रबाट स्थानीय समयअनुसार विहानको साढे दुई बजे मिसाइल हानेको हो । त्यसक्रममा सिरियाली हवाई रक्षा दलले एउटा इजरायली जहाजलाई ध्वस्त बनाएको ति सैनिकले बताए ।

उक्त जहाजलाई ध्वस्त बनाएपछि इजरायलले कब्जा गरेको गोलन हाइट्सबाटै उसले मिसाइल हानेको थियो । तर सिरियाली रक्षा सैनिकहरुले ति मिसाइललाई ध्वस्त बनाएको थियो ।

इजरायल हाल सिरियाली भूमिमा इरानलाई शिविर खडा गर्न र लेवनानी हाजिबूल्लाह समूहलाई उच्च स्तरीय हतियार ढुवानी गर्न रोक्न प्रतिबद्ध छ ।

सिरियाली सेनाले आफ्नो विज्ञप्तीमा त्यस हमलाको गंम्भिर प्रतिक्रिया दिने चेतावनी दिँदै उसले इजरायलले सिरियामा लडाँकू समूहहरुलाई समर्थन गर्न हमला गरेको पुरानो आरोप दोहोर्‍याएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित