बिरामी आमालाई छतबाट खसालेर हत्या गर्ने प्राध्यापक

२२ पुस : आफ्नै बिरामी आमालाई छतबाट खसालेर हत्या गर्ने एक भारतीय प्राध्यापकको अपराध सार्वजनिक भएको छ ।

भारतको गुजरातस्थित राजकोटमा सन्दीप नाम गरेका एक प्राध्यापकले आफ्नी बिरामी आमालाई छतबाट फ्याँकेर हत्या गरेको घटना सार्वजनिक भएको हो । ब्रेन ह्यामरेजका कारण दुई महिनादेखि ओछ्यान परेकी आमालाई उपचार र स्याहार गर्नका दुःखले प्राध्यापकले ती प्राध्यापकले हत्या गरेको खुलेको छ । गत सेप्टेम्बर घटेको घटना भए पनि यसको खुलासा भने बिहीबार मात्रै भयो ।

आत्महत्या भन्दै प्रहरीले फाइल बन्द गरेपनि पछि एउटा बेनामे चिट्ठीका कारण यो घटना सामने आएको हो । पत्रको आधारमा सीसीटीभी क्यामरा फूटेज हेर्दा चाहिँ छोरोले आमालाई छततिर लगेको देखियो । प्रहरीले कडा सोधपुछ गरेपछि सन्दीपले आफ्नी आमा जयश्रीबेनको हत्या गरेको स्वीकार गरेको हो ।
शिक्षिका पेशा गरिरहेकी जयश्रीबेनकी दुई छोरी र एक छोरो छन् । छोरो सन्दीप, बुहारी रचना र नातिनीका साथ बसे पनि उनको बुहारीसँग खटपट थियो ।

बेनामे पत्र पाएपछि सीसीटिभी फुटेजमा बिहान ९ बजेतिर आमालाई छततिर लगेको तस्बिरमा उनी खाली खुट्टा देखिन्छन् भने तल पुग्दा उनको खुट्टामा चप्पल देखिएको थियो ।

सुरुमा सूर्यपूजा गर्न आमालाई लगेको बताए पनि पछि कतिपय प्रश्नको उत्तर उसले दिन सकेन । प्रहरीसँग हत्या गरेको स्वीकार गरेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित