बिरामी आमालाई छतबाट खसालेर हत्या गर्ने प्राध्यापक

२२ पुस : आफ्नै बिरामी आमालाई छतबाट खसालेर हत्या गर्ने एक भारतीय प्राध्यापकको अपराध सार्वजनिक भएको छ ।

भारतको गुजरातस्थित राजकोटमा सन्दीप नाम गरेका एक प्राध्यापकले आफ्नी बिरामी आमालाई छतबाट फ्याँकेर हत्या गरेको घटना सार्वजनिक भएको हो । ब्रेन ह्यामरेजका कारण दुई महिनादेखि ओछ्यान परेकी आमालाई उपचार र स्याहार गर्नका दुःखले प्राध्यापकले ती प्राध्यापकले हत्या गरेको खुलेको छ । गत सेप्टेम्बर घटेको घटना भए पनि यसको खुलासा भने बिहीबार मात्रै भयो ।

आत्महत्या भन्दै प्रहरीले फाइल बन्द गरेपनि पछि एउटा बेनामे चिट्ठीका कारण यो घटना सामने आएको हो । पत्रको आधारमा सीसीटीभी क्यामरा फूटेज हेर्दा चाहिँ छोरोले आमालाई छततिर लगेको देखियो । प्रहरीले कडा सोधपुछ गरेपछि सन्दीपले आफ्नी आमा जयश्रीबेनको हत्या गरेको स्वीकार गरेको हो ।
शिक्षिका पेशा गरिरहेकी जयश्रीबेनकी दुई छोरी र एक छोरो छन् । छोरो सन्दीप, बुहारी रचना र नातिनीका साथ बसे पनि उनको बुहारीसँग खटपट थियो ।

बेनामे पत्र पाएपछि सीसीटिभी फुटेजमा बिहान ९ बजेतिर आमालाई छततिर लगेको तस्बिरमा उनी खाली खुट्टा देखिन्छन् भने तल पुग्दा उनको खुट्टामा चप्पल देखिएको थियो ।

सुरुमा सूर्यपूजा गर्न आमालाई लगेको बताए पनि पछि कतिपय प्रश्नको उत्तर उसले दिन सकेन । प्रहरीसँग हत्या गरेको स्वीकार गरेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण