फलोअप उपचारका लागि थाइल्यान्ड जाँदै ओली

काठमाडौं,पुस २२ : चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन्। नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको छ ।

सचिवालयले अन्नपूर्णसँग भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो-अस्ति नै जान खोजिएको हो। तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन। फलोअप उपचारका लागि जान लाग्नुभएको हो।’

ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ। समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन्। यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए। ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन्।

प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो। याे खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय