December 30, 2017

प्रहरीमा जागिर छाड्नेको लर्को

 download (2)
 
 

काठमाडौं, पुस १५ । प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानिरीक्षक) एक डीएसपी (नायव उपरीक्षक) दुई इन्स्पेक्टर (निरीक्षक), ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ कार्यालय सहायकले जागिर छाडेका छन्।

आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ। गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए। यीमध्ये केहीले पेन्सन पाइसकेक, केहीले अमेरिकाको डीभीचिठ्ठा परेर त केहीले विदेशमा राम्रो काम पाएका कारण जागिर छाडेका छन्।

केहीले भने घरायसी कारण देखाएका छन्। यसमध्ये डीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक(आईजीपी) हुन नपाएर राजीनामा दिएका थिए। यस्तै कम्प्युरटर निर्देशनालयकी शीला कंसाकारले घरायसी कारण देखाउँदै जागिर छाडेकी हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी