December 29, 2017

यौनदाशी राखेको विषयमा जापानलाई माफि नदिने कोरियाको चेतावनी

सो सम्झौताको विषयमा राष्ट्रपति इनका प्रवक्ताले बिहीबार भने– हुनत सो सम्झौता दक्षिण कोरिया र जापानका नेताहरुले सहमति गरेका हुन् र त्यसैबमोजिम सहमति पनि भएको भनिएको छ, तर पनि यसबाट मात्र उक्त समस्याको समाधान हुन्छ भन्ने कुरामा दक्षिण कोरियाका राष्ट्रपति सहमत हुनुहुन्न ।

दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति इनका प्रवक्ता पार्क सु हायनले भने– त्यस समयमा यहाँका पीडित महिलालाई क्षतिपूर्तीस्वरुप पैसादिने भनी गरिएको सहमतिको बारेमा उनलाई सुनाउँदा राष्ट्रपति निकै भावुक बनेका थिए ।सन् २०१५ मा दक्षिण कोरिया र जापानबीच एक गोप्य सहमति भएको जानकारी दक्षिण कोरियाको विदेशमन्त्रालयले बुधबार मात्र सार्वजनिक गरेको थियो ।विदेश मन्त्रालयले यस विषयमा गोप्य सहमति भएको भनी जानकारी गराएको भोलिपल्ट नै दक्षिण कोरियाली राष्ट्रपति इनबाट यो प्रतिक्रिया आएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

सोलका अनुसार सन् २०१५ मा दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाइ र जापानका प्रधानमन्त्री सिन्जो आबेबीचस सो सम्झौता भएको थियो । उक्त सम्झौताको पीडित महिलाले पनि व्यापक विरोध गरेका थिए ।यसरी दाश बन्न बाध्य भएका र अहिले पनि जिवीत रहेका महिलाले दक्षिण कोरियाको सरकारले आफ्नो रगतसँग पैसा साटेको भन्दै मानवीय समवेदनाहिन भएर सम्झौताका लागि अघि बढेको भनी आरोप लगाएका थिए ।दक्षिण कोरियाली पूर्व राष्ट्रपति हाइ हाल निलम्बनमा परेका छन् । उनलाई भ्रष्टाचारको अभियोग लागेको छ । उक्त मुद्दा हाल सर्वोच्च अदातलमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि