
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग खेल्न लागेको हो ।
नेपाल र भुटानबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार २ स् १५ मा सुरु हुनेछ । दुवै टोलि प्रतियोगिताबाट बाहिरीसकेको हुनाले आजको खेल दुवैको लागि प्रतिष्ठाको लडाईमात्र हुनेछ । तर, आज दुवै टोलि पहिलो जितको खोजीमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटान जितविहिन रहेको छ ।
च्याम्पियनसिपमा दुई खेल गुमाएको नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६ – ० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल भारतसँग १० – ० ले पराजित भएको थियो ।
चार टोली सहभागी च्याम्पियनसिपमा भुटान तेस्रो स्थानमा छ । भुटान पहिलो खेलमा भारतसँग ३ – ० र दोस्रो खेलमा पनि बंगलादेशसँग ३ – ० ले नै पराजित भएको थियो । राउण्ड रोविन लिगको आधारमा जारि च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल पुस ९ गते हुनेछ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,