December 21, 2017

यू–१५ महिला फुटबलमा नेपालले भुटानसँग खेल्दै

  २०७४ पौष ६ बिहीबार 

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दैछ  । अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग खेल्न लागेको हो ।

नेपाल र भुटानबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार २ स् १५ मा सुरु हुनेछ । दुवै टोलि प्रतियोगिताबाट बाहिरीसकेको हुनाले आजको खेल दुवैको लागि प्रतिष्ठाको लडाईमात्र हुनेछ । तर, आज दुवै टोलि पहिलो जितको खोजीमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटान जितविहिन रहेको छ ।

च्याम्पियनसिपमा दुई खेल गुमाएको नेपाल पुछारमा रहेको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६ – ० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल भारतसँग १० – ० ले पराजित भएको थियो ।

चार टोली सहभागी च्याम्पियनसिपमा भुटान तेस्रो स्थानमा छ । भुटान पहिलो खेलमा भारतसँग ३ – ० र दोस्रो खेलमा पनि बंगलादेशसँग ३ – ० ले नै पराजित भएको थियो । राउण्ड रोविन लिगको आधारमा जारि च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल पुस ९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।