प्रदेश २ मा पनी फोरम, बामपन्थी गठन्धनकाे सरकार !

काठमाडौं, २८ मंसिर । केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारसँग सहकार्य गरे संघीय समाजवादी फोरमसँग २ नम्बर प्रदेशमा पनि उक्त गठबन्धनको सहकार्य हुने निश्चितप्रायः बनेको छ ।

केन्द्र सरकारमा फोरमको सहभागीताका लागि स्पष्ट बहुमत हात पारेको बामपन्थी गठबन्धनले २ नम्बर प्रदेश सरकारमा आफ्नो सहभागीताको ग्यारेन्टि खोज्ने भएका छन् । २ नम्बर प्रदेशको प्रदेश सभामा फोरम पहिलो दल हो भने एमाले तेस्रो र माओवादी ५ औं दल हुन् ।

बामपन्थी गठबन्धनले फोरमलाई मुख्यमन्त्री दिएर सरकारमा सहभागीता निश्चित गराउनुपर्ने सर्त यादवका अगाडी सार्ने तयारी गरेको छ । त्यो सहकार्यको ग्यारेन्टि केन्द्र सरकारमा फोरमको सहभागीतालाई निश्चित गराउने सर्त पनि हुनेछ ।

 

राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी तालमेल गरी २ नम्बर प्रदेशमा पहिलो दल बनेको फोरमले मुख्यमन्त्री नपाए राजपासँगको तालमेल तोड्न सक्नेछ । मुख्यमन्त्रीमा राजपाको दाबी रहँदै आएको छ ।

कुल ६४ प्रदेशसभा सिटमा फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले १ स्थानमा जीत निकालेका छन् ।

समानुपातिक मतगणनाको हिसावमा पनि फोरम पहिलो, राजपा दोस्रो, कांग्रेस तेस्रो, एमाले चौथो र माओवादी ५ औं स्थानमा रहेका छन् ।

फोरमलाई राजपा वा बामपन्थी गठबन्धनसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउन सहज बहुमत हुनेछ । ‘राजनीति लेनदेनको खेल भएका कारणले पनि देशभर बहुमत ल्याएको गठबन्धनको सर्तअनुसार फोरम अध्यक्ष यादवको नयाँ समिकरण बन्नसक्ने देखिन्छ ।’, फोरम स्रोतले भन्यो,‘केन्द्रमा बन्ने सरकारमा फोरमको उपस्थिति र सहभागीताको सर्तमा प्रदेशमा समिकरण तय हुनेछ ।’

 

फोरमले केन्द्र सरकारमा सहभागीता देखाउने संकेत गरिसकेको छ । यस हिसवाले पनि २ नम्बर प्रदेशको प्रभावशाली भनिएको राजपालाई प्रतिपक्षमा राखेर सरकार गठन हुनसक्ने अनुमान सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले