काठमाडौं, २८ मंसिर । केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारसँग सहकार्य गरे संघीय समाजवादी फोरमसँग २ नम्बर प्रदेशमा पनि उक्त गठबन्धनको सहकार्य हुने निश्चितप्रायः बनेको छ ।
केन्द्र सरकारमा फोरमको सहभागीताका लागि स्पष्ट बहुमत हात पारेको बामपन्थी गठबन्धनले २ नम्बर प्रदेश सरकारमा आफ्नो सहभागीताको ग्यारेन्टि खोज्ने भएका छन् । २ नम्बर प्रदेशको प्रदेश सभामा फोरम पहिलो दल हो भने एमाले तेस्रो र माओवादी ५ औं दल हुन् ।
बामपन्थी गठबन्धनले फोरमलाई मुख्यमन्त्री दिएर सरकारमा सहभागीता निश्चित गराउनुपर्ने सर्त यादवका अगाडी सार्ने तयारी गरेको छ । त्यो सहकार्यको ग्यारेन्टि केन्द्र सरकारमा फोरमको सहभागीतालाई निश्चित गराउने सर्त पनि हुनेछ ।
राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी तालमेल गरी २ नम्बर प्रदेशमा पहिलो दल बनेको फोरमले मुख्यमन्त्री नपाए राजपासँगको तालमेल तोड्न सक्नेछ । मुख्यमन्त्रीमा राजपाको दाबी रहँदै आएको छ ।
कुल ६४ प्रदेशसभा सिटमा फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले १ स्थानमा जीत निकालेका छन् ।
समानुपातिक मतगणनाको हिसावमा पनि फोरम पहिलो, राजपा दोस्रो, कांग्रेस तेस्रो, एमाले चौथो र माओवादी ५ औं स्थानमा रहेका छन् ।
फोरमलाई राजपा वा बामपन्थी गठबन्धनसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउन सहज बहुमत हुनेछ । ‘राजनीति लेनदेनको खेल भएका कारणले पनि देशभर बहुमत ल्याएको गठबन्धनको सर्तअनुसार फोरम अध्यक्ष यादवको नयाँ समिकरण बन्नसक्ने देखिन्छ ।’, फोरम स्रोतले भन्यो,‘केन्द्रमा बन्ने सरकारमा फोरमको उपस्थिति र सहभागीताको सर्तमा प्रदेशमा समिकरण तय हुनेछ ।’
फोरमले केन्द्र सरकारमा सहभागीता देखाउने संकेत गरिसकेको छ । यस हिसवाले पनि २ नम्बर प्रदेशको प्रभावशाली भनिएको राजपालाई प्रतिपक्षमा राखेर सरकार गठन हुनसक्ने अनुमान सुरू भएको छ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको
आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी
असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको