सिंहदरवारबाट मन्त्रीज्यूहरुले आसेपासेलाई टक्राएका जिम्मेवारी !

 
 
 
 
 

काठमाडौं, मंसिर २७ । अब केही समयमै सिंहदरबारको रुल चेनफेन हुँदैछ । तर, हाल बहालवाला तथा निर्वाचनमा हार व्यहोरेका मन्त्रीहरु आफ्नो अन्तिम घडीमा आफ्ना आसेपासेहरुलाई सरुवा र बढूवा गर्न दगुरिरहेका छन् ।

स्वास्थ्यमन्त्री दीपक बोहोराले निर्वाचनमा पराजय बेहोरेपछि बसेको मन्त्रिपरिषद् बैठकले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरद्सिंह भण्डारीकी बहिनी डा.संगीता भण्डारीलाई नियुक्ति गर्ने तयारी थालका छन् । यसअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति थिइन् । त्यहाँ स्वास्थ्य सचिव किरण रेग्मीले अस्ति १८ गतेबाट अवकास पाएसँगै पद रिक्त छ । निमित्तको जिम्मेवारीमा छिन डा.पुष्पा चौधरी । अहिले उनी पदपुर्ति समितिको सचिव मै हुँ भन्दै हिड्न थालेकी छिन् । आगामी २९ गते धरानको सिनेट बैठक बोलाउने तयारी छ । यस्तै स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्न तयारी चलिरहेको छ । त्यहाँ डा.तारा पौडेललाई ल्याउने तयारी चलिरहेको छ ।

उता,पराजय बेहोरेका उद्योगमन्त्री सुनिल बहादुर थापाले समेत घरेलुमा नारदमणि लामिछानेलाई नियुक्ती गर्न तयारी थालेका छन् । यस्तै बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन समितिमा पनि नियुक्ति गर्न तयारी चल्दैछ । उदयरपुर, हेटौँडा सिमेन्ट, विराटनगर जुट मिलका सदस्यहरु हटाएर त्यहाँ नयाँ सदस्य नियुक्तिको तयारीमा छन मन्त्री थापा ।

यस्तै निर्वाचनमा पराजय बेहोरेका अर्को मन्त्री मोहन बहादुर बस्नेतले जनक शिक्षा डुबाउने रौतहटका अनिल झालाई नेपाल टेलिकमको प्रमुख बनाउने तयारी गरिरहेको छन् । सोमबार क्याबिनेटमा यो प्रस्ताव लगे पनि पास हुन सकेन । अनिल यस अगाडि उदयपुर सिमेन्टको अध्यक्ष हुँदा डुबाएर संस्थान निर्देशन बोर्डमा भिडेर जनक शिक्षाको महाप्रबन्धक बनेका उनी । केही समय अगाडि मन्त्रालयले आह्वान गर्दा उनी सहित १२ जनाले दरखास्त हालेका थिए । पहिलो पाँच जनामा फालिएका उनलाई त्यहाँ मोटो रकम बुझेर नियुक्त गर्ने तयारी चलिरहेको सञ्चारमन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै,उर्जामन्त्री कमल थापा विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्य फेर्ने तयारी । त्यहाँको सदस्य शक्तिशाली हुन्छन । त्यहाँ बाहिरबाट चार जनासम्म नियुक्ति गर्न मिल्छ । उता,सिचाईमन्त्री सञ्जय गौतमले सिचाई विभागका महानिर्देशक परिवर्तन गरेर चुनाव खर्च असुल उपर गरिसकेकाछन् भने जलउत्पन्न प्रकोप नियन्त्रण विभागको महानिर्देशक मधुकरराज राजभण्डारीलाई हटाउने तयारी चलिरहेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले खाद्य संस्थानको रिक्त महाप्रबन्धक नियुक्तिको तयारी गर्दैछन् ।

आपूर्तिमन्त्री जयन्त चन्द आयल निगमको कार्यकारी निर्देशक खोज्दैछन् । तर त्यहाँ गोपाल खड्का नै फर्काउने तयारी चल्दैछ । यही योजना अनुरुप त्यहाँका सचिव कृष्ण देवकोटालाई फालेर त्यहाँ दिगम्बर झाका सम्धि अनिल ठाकुरलाई ल्याइएको छ । यस्तै निर्वाचनमा पराजय चाखेका भूमिसुधार मन्त्री गोपाल दहितले गुठी संस्थानको अध्यक्ष र महाप्रबन्धक खोज्दैछन् । यी दुबैको गत हप्ता अवधी सकिएको छ । यस्तै महिला बालबालिका मन्त्री विक्रम थापाले समाज कल्याण परिषद्को सदस्य नियुक्तिको तयारी शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा