सिंहदरवारबाट मन्त्रीज्यूहरुले आसेपासेलाई टक्राएका जिम्मेवारी !

 
 
 
 
 

काठमाडौं, मंसिर २७ । अब केही समयमै सिंहदरबारको रुल चेनफेन हुँदैछ । तर, हाल बहालवाला तथा निर्वाचनमा हार व्यहोरेका मन्त्रीहरु आफ्नो अन्तिम घडीमा आफ्ना आसेपासेहरुलाई सरुवा र बढूवा गर्न दगुरिरहेका छन् ।

स्वास्थ्यमन्त्री दीपक बोहोराले निर्वाचनमा पराजय बेहोरेपछि बसेको मन्त्रिपरिषद् बैठकले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरद्सिंह भण्डारीकी बहिनी डा.संगीता भण्डारीलाई नियुक्ति गर्ने तयारी थालका छन् । यसअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति थिइन् । त्यहाँ स्वास्थ्य सचिव किरण रेग्मीले अस्ति १८ गतेबाट अवकास पाएसँगै पद रिक्त छ । निमित्तको जिम्मेवारीमा छिन डा.पुष्पा चौधरी । अहिले उनी पदपुर्ति समितिको सचिव मै हुँ भन्दै हिड्न थालेकी छिन् । आगामी २९ गते धरानको सिनेट बैठक बोलाउने तयारी छ । यस्तै स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्न तयारी चलिरहेको छ । त्यहाँ डा.तारा पौडेललाई ल्याउने तयारी चलिरहेको छ ।

उता,पराजय बेहोरेका उद्योगमन्त्री सुनिल बहादुर थापाले समेत घरेलुमा नारदमणि लामिछानेलाई नियुक्ती गर्न तयारी थालेका छन् । यस्तै बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन समितिमा पनि नियुक्ति गर्न तयारी चल्दैछ । उदयरपुर, हेटौँडा सिमेन्ट, विराटनगर जुट मिलका सदस्यहरु हटाएर त्यहाँ नयाँ सदस्य नियुक्तिको तयारीमा छन मन्त्री थापा ।

यस्तै निर्वाचनमा पराजय बेहोरेका अर्को मन्त्री मोहन बहादुर बस्नेतले जनक शिक्षा डुबाउने रौतहटका अनिल झालाई नेपाल टेलिकमको प्रमुख बनाउने तयारी गरिरहेको छन् । सोमबार क्याबिनेटमा यो प्रस्ताव लगे पनि पास हुन सकेन । अनिल यस अगाडि उदयपुर सिमेन्टको अध्यक्ष हुँदा डुबाएर संस्थान निर्देशन बोर्डमा भिडेर जनक शिक्षाको महाप्रबन्धक बनेका उनी । केही समय अगाडि मन्त्रालयले आह्वान गर्दा उनी सहित १२ जनाले दरखास्त हालेका थिए । पहिलो पाँच जनामा फालिएका उनलाई त्यहाँ मोटो रकम बुझेर नियुक्त गर्ने तयारी चलिरहेको सञ्चारमन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै,उर्जामन्त्री कमल थापा विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्य फेर्ने तयारी । त्यहाँको सदस्य शक्तिशाली हुन्छन । त्यहाँ बाहिरबाट चार जनासम्म नियुक्ति गर्न मिल्छ । उता,सिचाईमन्त्री सञ्जय गौतमले सिचाई विभागका महानिर्देशक परिवर्तन गरेर चुनाव खर्च असुल उपर गरिसकेकाछन् भने जलउत्पन्न प्रकोप नियन्त्रण विभागको महानिर्देशक मधुकरराज राजभण्डारीलाई हटाउने तयारी चलिरहेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले खाद्य संस्थानको रिक्त महाप्रबन्धक नियुक्तिको तयारी गर्दैछन् ।

आपूर्तिमन्त्री जयन्त चन्द आयल निगमको कार्यकारी निर्देशक खोज्दैछन् । तर त्यहाँ गोपाल खड्का नै फर्काउने तयारी चल्दैछ । यही योजना अनुरुप त्यहाँका सचिव कृष्ण देवकोटालाई फालेर त्यहाँ दिगम्बर झाका सम्धि अनिल ठाकुरलाई ल्याइएको छ । यस्तै निर्वाचनमा पराजय चाखेका भूमिसुधार मन्त्री गोपाल दहितले गुठी संस्थानको अध्यक्ष र महाप्रबन्धक खोज्दैछन् । यी दुबैको गत हप्ता अवधी सकिएको छ । यस्तै महिला बालबालिका मन्त्री विक्रम थापाले समाज कल्याण परिषद्को सदस्य नियुक्तिको तयारी शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज