कक्षा ११ को आंशिकतर्फको नतिजा सार्वजनिक


काठमाडौं, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्द भएको बतासेले जानकारी दिए । गत बर्ष परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी मध्ये आंशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यांक छ ।

नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय रुपैंया तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने परीक्षा बोर्डको प्रावधान छ । परीक्षाफल थाहा पाउन मोबाइलको मेसेज बक्समा गई km टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले