साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली खेलकुद महासंघले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

बंगलादेशको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तोफा कमल स्टेडियममा डिसेम्बर १७ देखि २४ तारिखसम्म च्याम्पियनसिप हुदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान रहेका छन् ।
नेपालले आफ्नो पहिलो प्रतिद्धन्दी आयोजक बंगलादेश पाएको छ । नेपालले १७ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो खेलमा नेपालले १९ डिसेम्बरमा भारतको सामना गर्नेछ भने आफ्नो अन्तिम खेल २१ तारिखमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपको शीर्ष दुईमा पर्ने टिमले फाइनल खेल्नेछ । फाइनल खेल २४ डिसेम्बरमा हुनेछ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि