चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ ।
यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने हुन्छ । पानीमा पाइने एक प्रकारको लेउमा उत्पन्न जीवबाट तयार गरिएको उक्त रोबोटको महत्वपूर्ण विशेषता भनेकै यसले शरीरभित्र रोगका कारण हुने रसायनिक परिवर्तन पहिचान गर्दछ र एमआरआइले समेत पहिचान गर्न नसक्ने तन्तुहरु समेत पहिचान गर्न सक्दछ । यस प्रकारले शरीरको जुन ठाउँमा औषधिको आवश्यकता छ सोही स्थान पहिचान गरी उक्त स्थानमा औषधि पूराएर रोगको उपचार गर्न सहयोग गर्दछ ।
नेता रोबोट
डाक्टर रोबोट मात्र होइन, पछिल्लो दिनमा नेता रोबोट पनि आएको छ । यो रोबोट केवल बनिबनाउ नेता मात्र होइन, आफैं चुनाव लड्न पनि सक्षम छ । न्युजिल्याण्डका उद्यमी निक गेरिटसनको सहयोग तथा सल्लाहबाट वैज्ञानिकहरुले विश्वको पहिलो राजनेता रोबोट तयार गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सवाला यस नेता रोबोटले आवास, शिक्षा, आप्रवाशन लगायतका नीतिहरु जस्ता स्थानीय मुद्दाा सोधिएका प्रश्नहरुको जवाफ दिन सक्दछ । उक्त रोबोटलाई आगामी सन् २०२० मा न्युजिल्याण्डमा हुने आम चुनावमा उम्मेदवार बनाउने तयारी समेत गरिएको छ । उक्त डिजिटल नेताको नाम ‘सेम’ राखिएको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब