इंग्लिस प्रिमियर लिगमा आज राति ४ खेल हुने

इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति ४ खेल हुदैछन् । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले लिगको आठौं स्थानमा रहेको वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।

1534366358EPL

भिकरेज रोडमा हुने खेलमा घरेलु टोली वाटफोर्ड युनाइटेडलाई रोक्ने प्रयासमा हुनेछ । युनाइटेड भने शतप्रतिशत जित हात पार्ने दाउमा रहेको छ । वाटफोर्डले पनि पछिल्लो दुई खेलमा लगातार जित हात पारेकाले उच्च मनोबल रहेको छ । त्यसो त, युनाइटेडले पछिल्लो दुबै खेलमा जित हात पारेको छ ।

प्रिमियर लिग अन्तर्गत नै मंगलबार राति टोटनह्यामले लेस्टर सिटीको सामना गर्दैछ । आफ्नो किङ पावर स्टेडियममा हुने खेलमा लेस्टर सिटी जितको खोजिमा हुनेछ ।

टोटनह्याम लिगको पाचौं स्थानमा रहेको छ । यता, लेस्टर सिटी भने लिगको १२ औं स्थानमा रहेको छ ।

लिगकै अर्को खेलमा ब्रिगटोनले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा वेष्ट ब्रुमले न्युक्यास्टलको सामना गर्दैछ ।

लिगको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी रहेको छ । १३ खेलबाट अपराजित यात्रालाई निरन्तरता दिएको सिटीको ३७ अंक रहेको छ । म्यान्चेस्तर युनाइटेडको २९ अंक रहेको छ । त्यस्तै, लिगको तेस्रो स्थानमा साविक विजेता चेल्सी रहेको छ । चेल्सीको समान १३ खेलबाट २६ अंक रहंदा चौथो स्थानमा रहेको अर्सनलको २३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि