मतपेटिका सुरक्षा व्यवस्था; मुसा पनि छिर्न नसक्ने

काठमाडौँ, १२ मंसिर ।  रुकुम (पश्चिम)का सबै मतपेटिका सदरमुकाम ल्याइएको छ । सोमबार साँझ ७३ मतदानस्थलबाट सबैमा मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए । ४३ मतदानस्थलका मतपेटिका आइतबारै सदरमुकाम ल्याइएको थियो ।

आठविकासकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकाका ३० वटा मतदानस्थलका मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याइएको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी जिल्लाभरका तीन सय ३३ मतपेटिका कडा सुरक्षाका बीच जिल्ला समन्वय समितिमा राखिएको छ ।

मतपेटिका राखिएको कोठामा मुसासमेत छिर्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

रुकुम (पूर्व)
रुकुम (पूर्व)का चारवटा मतदानस्थलका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । पैदल दुई दिन हिँडेर मतपेटिका ल्याउँदा सुरक्षा चुनौती हुने भएकाले मतपेटिका ओसार्न हेलिकोप्टरको सहायता लिनुपरेको प्रजिअ सापकोटाले बताए ।

गोरखा
उत्तरी गोरखाका १६ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको छ ।

दलीय प्रतिनिधिसहित दुर्गम मतदान केन्द्रका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याएको गोरखाका निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए ।

गोरखा क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा सिल गरेर राखिएको छ । दलीय प्रतिनिधिको रोहवरमा मतपेटिका भण्डारण गरेर सुरक्षित पारिएको सापकोटाले बताए ।

लमजुङ
हिमालपारिको जिल्ला मनाङमा सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सोमबार सदरमुकाम चामे ल्याइएको छ ।

चार गाउँपालिका रहेको मनाङमा ‘नार फु’ मा रहेका पाँच मतदान केन्द्रलाई अति संवेनदशील सूचीमा राखिएको थियो ।

उक्त केन्द्रको मतपेटिका सोमबार बिहान साढे ११ बजे हेलिकोप्टरमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय चामे ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए ।

मनाङका २३ मतदान केन्द्रको मतपेटिका भने आइतबार राति ११ बजे चामे ल्याइएको थियो ।

ताप्लेजुङ
ताप्लेजुङका उच्च हिमाली गाउँमा रहेका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ को याङ्मा, ओलाङचुङगोला र फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ ग्याब्ला र घुन्साका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम फुङलिङ ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

ताप्लेजुङको सबैभन्दा उच्च हिमाली क्षेत्रमा रहेको याङ्मा मतदान केन्द्रमा ५७ मतदातामध्ये १६ जनाले मतदान गरेका थिए भने, ग्याब्ला मतदान केन्द्रमा ४९ मतदातामध्ये २५ मत खसेको थियो ।

धादिङ
भौगोलिक रूपमा विकट धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली र खनियावास गाउँपालिकाका मतपेटिका हेलिकोप्टरमार्फत सोमबार सदरमुकाम ल्याइएको छ ।

सडक नपुगेका उत्तरी क्षेत्रका १७ वटा मतदानकेन्द्रका ५१ वटा मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण