गौचन हत्याका नाइके धम्क्याएर रकम उठाउँदै: प्रहरीले गरेन सहयोग

काठमाडौँ, ९ मंसिर – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेको खबर आजको नयाँ पत्रिकाबाट लिएका छौं ।

dhamki-unknown-call_gSxxCEoKUG

गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् ।

उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन । 

प्रहरी प्रतिवेदनले हत्याराको मनोबल उच्च
प्रहरीले समेत बस्नेत र लामा समूहले गौचनको हत्या गरेको पुष्टि गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको मनोबल उच्च भएको छ । सोही कारण उनीहरूले धम्की र असुलीलाई बढाएका छन् । नेपालका ठूला ठेकेदार, सुन व्यवसायी र उद्यमीहरू उनीहरूको निशानामा परेका छन् । प्रहरीले गौचनलाई गोली हान्नेमध्ये राजीव स्याङ्तान एक भएको बताए पनि उनले आफूले गोली चलाएको अस्वीकार गरेका छन् ।

‘डिङटोन’ लगायत मोबाइल एपमार्फत धम्की
शुक्रबार मात्र एक व्यवसायीलाई बस्नेतले फोन गरेर पैसा माग्दै धम्काएका थिए । ‘डिङटोन’ लगायत मोबाइल एपमार्फत व्यापारीहरूलाई फोनमा धम्की आउने गरेको छ । त्यस्ता एपबाट हुने फोनको आइपी ठेगाना तथा सर्भर पत्ता लगाउन कठिन हुने गरेको प्रहरीको भनाइ छ । जस कारण उनीहरूले आतंक फैलाउँदै लगेका छन् ।

स्रोतका अनुसार हुन्डीमार्फत दुबईमा पैसा पठाउन भन्दै उनीहरूले व्यापारीलाई धम्काइरहेका छन् । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने बताएपछि धेरै व्यापारीले डराएर पैसा पठाइसकेको स्रोतको भनाइ छ । नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

भारतबाट धम्की 
प्रहरीका अनुसार गिरोहका नाइके बस्नेत, लामा तथा मनोज पुन तीनैजना भारतमा बसेर धम्की र असुली मच्चाउँदै आएका छन् । प्रहरीले अपरिचित नम्बरबाट आएका फोन नउठाउन व्यवसायीलाई आग्रह गरेको छ ।

भारतीय प्रहरीको असहयोग
मनोज पुनको समूहलाई पक्राउ गर्न प्रहरी दुई वर्षदेखि लागिपरे पनि सफल हुनसकेको छैन । पटकपटक नेपाल प्रहरीको टोली भारत पुगे पनि भारतीय प्रहरीले समेत असहयोग गरेको स्रोत बताउँछ । तीनैजना नाइके इन्टरनेटमार्फत मात्र आफ्नो समूहसँग सम्पर्कमा रहने गर्छन् । भारतीय नागरिकको संरक्षणमा रहेका कारण उनीहरूलाई प्रहरीले पक्राउ गर्नसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय