काठमाडौँ, ९ मंसिर – जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग २०३९ सालदेखि २०४६ सम्मका अधिकांश नेपाली नागरिकताका अभिलेख छैनन् । नागरिकता प्रमाणपत्र नासिएको, हराएको, मासिएको वा झूत्रो भई विवरण यकिन नभएको अवस्थामा नागरिकताको प्रतिलिपि लिन खोज्दा समयावधिभित्रका अभिलेख कार्यालयमा हेर्न पाइँदैन ।

यी अभिलेख कहाँ कसले लग्यो भन्ने पनि यकिन छैन । चारखाल अड्डा डिल्लीबजारबाट २०४४÷२०४५ सालतिर कार्यालय बबरमहलको नयाँ भवनमा सर्ने सार्ने क्रममा यी अभिलेख गोलमाल भएको बताइन्छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ललितकुमार बस्नेतका अनुसार अभिलेख पाइएको अवस्थामा अभिलेख अनुसारै र अभिलेख नपाइएको अवस्थामा भने प्रतिलिपि लिन चाहनेले एकाघर परिवारका सदस्यसँग रहेको नागरिकता देखाएर एकाघरवालाले सनाखत गरिदिएपछि नागरिकताको प्रतिलिपि दिने व्यवस्था गरेको छ । उहाँका अनुसार २०३९ सालदेखि २०४६ सालसम्मका नागरिकताका अधिकांश अभिलेख कार्यालयसँग छैन ।
वि.सं. २०३९ साल र २०४६ सालमा कालो मसीले विवरण भरिएका नेपाली कागजका एकपाने नागरिकता प्रमाणपत्र जारी भएका थिए । अचेल प्रतिलिपि लिँदा अङ्ग्रेजी भाषामा समेत विवरण पर्ने गरी होलोग्रामसहितको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था छ । यसका लागि प्रशासन कार्यालयले पहिलो प्रमाणपत्र लिने जसरी नै प्रतिलिपिका लागि पनि दुरुस्तै तर छुट्टै प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।
नागरिकताको प्रतिलिपिका लागि दैनिक सरदर २० वटा आवेदन यहाँ पर्ने गरेको छ । प्रतिलिपि लिँदा अब अभिलेख नमासिने गरी फोटोसमेत टाँसेर अभिलेख तयार गर्ने व्यवस्था भएको अधिकारी बताउनुहुन्छ । वि.सं. २०४६ सालको जनआन्दोलनका बेला पुराना अभिलेख नष्ट गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय