काठमाडौँ, ८ मंसिर : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।

पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले अन्नपूर्णसँग भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय