अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ ।

फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत विद्यालयमा रहेको केन्द्रमा मतदान गर्ने मतदाताको संख्या मात्र ४९ रहेको छ भने यसपटकको निर्वाचनमा २ ९ भन्दा कम मत झर्ने सम्भावना रहेको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा २९ मत मात्र खसेको थियो । यस पटक पनि केही मतदाता जिल्ला बाहिर रहेको र केही गोठमा नै बस्ने भएकाले अझै कम मत झर्ने अनुमान स्थानीयको छ ।
सो केन्द्रमा ९ जना कर्मचारी नै खटाउँदा करिब २ लाख ३७ हजार खर्च भइसकेको छ । आजको नेपाल समाचारपत्रमा रविन भट्टराइले लेखेका छन् ।
अझै मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने भएकाले हेलिकोप्टर खर्च र सुरक्षा खर्च जोड्दा करोड पुग्न सक्ने देखिन्छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा