आज मध्यरातबाट चुनाव प्रचार गर्न नपाइने

संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

chunab-election_sLW1L28rDG

बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन् ।

निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ । नरेन्द्र साउदले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन् ।

आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार-प्रसार गर्न नपाइने बताए ।

मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ। आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय