काठमाडौँ, ५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए ।
‘उनको अभावमा हाम्रो परिवारलाई ठूलो चोट परेको छ, अस्पतालसमेत लैजान पाइएन प्रकाशलाई,’ दाहालले सोमबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, ‘राष्ट्रप्रति हाम्रो दायित्व छ भन्ने अनुभूतिले हामीलाई शोकभन्दा माथि उठ्न शक्ति दिएको छ ।’
दाहालले छोरा प्रकाशबाट चुस्त प्रेस सम्बन्ध र अन्य आन्तरिक व्यवस्थापनमा ठूलो सहयोग गरेको सम्झना गरे । राजनीतिक विषयमा समेत छोराका सल्लाहहरू महत्वपूर्ण हुने गरेको उनले स्मरण गरे।
राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न पार्टी नेता, कूटनीतिक नियोग प्रमुख, विभिन्न क्षेत्रका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट्दै समवेदना दिएका थिए । आइतबार बिहान हृदयाघातका कारण निधन भएका प्रकाशलाई श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्न दाहाल निवासमा सोमबार दिनभरि भीड लागेको थियो । अन्नपुर्णपोष्टमा खबर छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण