केबुलकारको नाममा सार्वजनिक जग्गा र वन अतिक्रमण

Cable-car-kashmirचरिकोट, ४ मंसिर । निजी व्यवसाय सञ्चालनका लागि दोलखाको पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा रहेको कालिञ्चोक भगवती मन्दिर क्षेत्रमा केबुलकार निमार्णको नाममा सरकारी जग्गा र वन अतिक्रमण भइरहेको छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङको झरेनी सामुदायिक वनमा पर्ने कुरी क्षेत्रबाट नजिकै एक किलोमिटर मन्दिरसम्म पुग्न केबुलकार निर्माण भइरहेको छ ।

निर्माण कम्पनी कालिञ्चोक दर्शन प्रालिका सञ्चालकले बताएअनुसार केबुलकारको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । तर कहीँकतै दर्ता समेत नगरी सरकारी नीतिविपरीत निर्माण भइरहेको केबुलकारले दोलखाको सुन्दर र मनोरम क्षेत्रलाई छियाछिया पारिरहेको छ ।

नेपाली फिल्मको आर्कषक सुटिङस्थल मानिने वनक्षेत्रमा डोजर लगाएर जग्गा खन्नु र सार्वजनिक वन क्षेत्र कटान गर्नुले सार्वजनिक सम्पत्तिमा पहुँचवालाको रजाइँ भएको प्रतिक्रिया सामुदायिक वन समितिका अध्यक्ष हीरा पाण्डेले दिए ।

जिल्ला वन कार्यालय दोलखाले पटक पटक पत्र लेखेर काम रोक्न अनुरोध गरे पनि कालिञ्चोक दर्शन प्रालिका सञ्चालकले अटेर गरिरहेको जिल्ला वन कार्यालय दोलखाका कार्यालय प्रमुख गोविन्द दाहालले बताए ।

कालिञ्चोक दर्शन प्रालिका नाममा जिल्ला वन कार्यालय दोलखाले भदौको पहिलो साता काम रोक्न अनुरोध गरेपनि कम्पनीले काम हालसम्म रोकेको छैन ।

कम्पनीका सञ्चालक बालकृष्ण शिवाकोटीले वनसँग आफूहरूको कुनै सरोकार नरहेको र गुठी संस्थानबाट स्वीकृत लिएर निर्माण कार्य अगाडि बढाएको बताए ।

वन फडानी र जग्गा अतिक्रमणलाई लिएर कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र लेखे पनि कुनै कारबाही नभएपछि वन उपभोक्ता समितिका पदाधिकारी पहुँचवालाले जे गरे पनि हुने रहेछ भन्ने निचोडमा पुगेको अध्यक्ष पाण्डेले बताए । गोकर्ण भण्डारी / रासस ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण