कांग्रेसलाई मधेसीसँगको तालमेल सकस: देखिएन प्रभावकारी

20042016080742Sanghiya_Gathabandhan-1000x0महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् ।

त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।

कांग्रेस नेत्री यादव भन्छिन्, ‘परिस्थिति यस्तो छ, पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने हो । अहिले हामी सबै निर्वाचनको दौडमा भएकाले यसबारे खासै कुरा उठेको छैन तर राजपाका लागि भनेर कांग्रेसले आफ्नो उम्मेदवार फिर्ता लिँदा मेरो ठाउँमा चाहिँ अर्को राजपा अध्यक्ष आइदिने ? ’

एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाएपछि कांग्रेसले मधेसी पार्टी, राप्रपालगायतसँग मिलेर लोकतान्त्रिक गठबन्धनको घोषणा गरेको थियो ।

कांग्रेसले चुनामा समेत वाम गठबन्धनझैं आफूहरूले संयुक्त उम्मेदवारी दिने घोषणा गरेको थियो । लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा समेत सहभागी गराइयो ।

वाम गठबन्धनलाई चुनौती दिने गरी कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाए पनि मधेसमा त्यो प्रभावकारी देखिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण