मुस्ताङमा नेपाल टेलिकमको थ्रिजी सेवा

मङ्सिर ३,काठमाडौं : नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । 

619774436telecomअब लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रिजी सेवाको कभरेज कायम भएको छ । यसबाट यो क्षेत्रमा रहेका ४ सय ५० भन्दा बढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थ्रिजी सुविधाको उपभोग गर्न सक्नेछन् । 
अब सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तिब्र गतिमा डाटा चलाउन र भिडियो कल गर्न समेत सहज हुने भएको छ । 

लोमान्थाङ मुस्ताङको सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दुरीमा पर्छ । सो क्षेत्रमा गत २०७३ जेठ १ गतेदेखि जिएसएम अन्तर्गत टुजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको थियो । 

सिडिएमए प्रविधिको सेवा भने यो भन्दा पहिले देखि नै उपलब्ध थियो । पहिले स्याटेलाइट लिंकबाट टुजी र सिडिएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरिएको छ । त्यसकारण टुजी र सिडिएमएको क्षमता र गुणस्तर पनि बढेको छ । 

त्यसैगरी नेपाल टेलिकमले म्याग्दी जिल्लाको ओखरबोटमा पनि गत शुक्रबारदेखि टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३, डाँडागाउँ किटेनीमा सो टावर स्थापना गरिएको हो । म्याग्दीको सदरमुकाम बेनीदेखि करिब ४६ किलोमिटर टाढा रहेको सो स्थानमा पहिले सिडिएमए सेवा मात्र उपलब्ध थियो । सो टावरमार्फत अब मालिका गाउँपालिकाका वडा नम्बर २ अन्तर्गत रुमा, जेमा, बिलवाङ र खवाङ; वडा नम्बर ३ अन्तर्गत झागाउँ, अउला र पातले तथा वडा नम्बर ४ अन्तर्गत ओखरबोटका सबै क्षेत्र गरी ७ सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् । अधिकांश प्रयोगकर्तासँग जिएसएम मोबाइल सेट हुने भएकाले पनि यो सेवाको माग उच्च रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब