काठमाडौं ७: वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

rambir-sunilकाठमाडौँ, १ मंसिर ।  काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

राजधानीको चर्चित असनदेखि प्रमुख औद्योगिक क्षेत्र बालाजु, वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टेसमेत यसै क्षेत्रमा पर्छ। चर्चित नागार्जुन, शिवपुरीजस्ता पर्यटकीय क्षेत्र तथा इंचगुनारायण र पुरानो गुह्येश्वरीजस्ता धार्मिक स्थल रहेकाले पनि यहाँका मतदाता यस क्षेत्रको विकास र समृद्धिमा समर्पित हुने व्यक्तिलाई जिताउन आतुर छन्।

यस क्षेत्रमा एमालेको प्रमुख प्रतिस्पर्धी मानिने कांग्रेसले उम्मेदवार नउठाएपछि वाम गठबन्धनका मानन्धरको जित सहज हुने आकलन गरिएको छ। तर कांग्रेसको पूर्ण समर्थनसहित लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थापाले प्रचार अभियानलाई आक्रमक पारेर मानन्धरलाई चुनौती दिएका छन्। दुवै उम्मेदवार दैनिक आठ घन्टासम्म घरदैलो अभियान गर्दै प्रत्येक मतदाताको घरसम्म पुग्ने प्रयास गरिरहेका छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार मानन्धरले तत्कालीन माओवादी नेतृ एवं मन्त्री हिसिला यमीलाई हराएका थिए। त्यसअघि ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी नेतृ यमीले जितेकी थिइन्। एमालेका उम्मेदवार मानन्धर दोस्रो जितका लागि ढुक्क देखिन्छन्। पटक-पटक राज्यमन्त्री हुँदै हाल महिला बालबालिका तथा समाजकल्याण मन्त्री रहेका थापा पुराना र अनुभवी राजनीतिज्ञ भएकाले उनी मानन्धरका लागि कमजोर उम्मेदवार भने पक्कै होइनन्।

कांग्रेसमा देखिएको असन्तुष्टि व्यवस्थापन भइसकेको, कांग्रेसको मात्रै नभएर एमालेप्रति असन्तुष्ट देखिएकाको मत पनि आफूलाई आउने भन्दै थापाले यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। अन्नपुर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण