विनासकारी भूकम्पका कारण ३९५ जनाको मृत्यु

२८ कात्तिक, तेहरान : इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ ।

iran-earthquake-9-epa

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेको उद्धारकर्मी र अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ  । भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् ।

इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयाँंै गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ ।

भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरूमा त्रास फैलिएको बताइएको छ ।

मानिस सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरू घरमा फर्किन सकेका छैनन् । उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ । सामाजिक सञ्जालमा राखिएका तस्वीरमा कुवेतीहरू पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित