२१ कात्तिक, एजेन्सी : साउदी अरबले छिमेकी यमनको सीमा नाका बन्द गरेको छ । साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरेको हो । शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि साउदीले सीमा नाका बन्द गरेको हो ।

साउदीले हालका निम्ति विद्रोहीहरुले थप अस्त्र तस्करी गर्न नपाउन् भनेर यमनका सीमा बन्द गरेको बताइएको छ । तर उसले मानवीय सहायताका कार्यमा भने अवरोध नगर्ने बताएको छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोही विरुद्धको लडाईंमा यमनको सरकारलाई समर्थन गर्र्दै आएको छ ।
शनिबार रियादलाई निशानामा पारि हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चर्किएको छ । साउदी अरेबियाले ती अस्त्र हुथीहरुलाई इरानले दिएको आरोप लगाएको छ । इरानले भने ती आरोप भड्काउपूर्ण र अन्यायपूर्ण भनेको छ ।
अढाई वर्षदेखि त्यहाँ भइरहेको लडाईंका कारण यमन ध्वस्त भएको छ । यमनका एक करोड असी लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायताको आवश्यकता रहेको बताइएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित