साउदी अरेबियाका राजकुमार सहित दर्जनौ पूर्वमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

१९ कात्तिक, रियाद : साउदी अरवमा भ्रष्टाचारको आरोपमा राजकुमार सहित दर्जनौ पूर्वमन्त्री हिरासतमा परेका छन् । हिरासतमा पुग्नेमा एघार राजकुमार चार मन्त्री र दर्जनौ पूर्वमन्त्रीहरु रहेका छन् । भ्रष्टाचारसँग सवन्धित विषय अध्ययन गर्न हालै गठन भएको नयाँ कमिटिले भ्रष्टाचारको आरोपमा उनीहरुलाई हिरासतमा लिएको हो ।

Saudi-Prince-Alwaleed-bin-Talal

हिरासतमा लिइएका मानिसहरुको नाम र उनीहरुको भ्रष्टाचार आरोप भने खुलाईएको छैन । उक्त समितिले साउदी राष्ट्रिय सुरक्षा र नौ सेना प्रमुखलाई पनि बर्खास्त गरेको छ । औपचारिक रुपमा उनीहरुलाई हटाउनुको कारण खुलाईएको छैन ।

साउदी अरवको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार भ्रष्टाचार बारे छानविन गर्न गठित कमिटीलाई पक्राउ पुर्जी जारी गर्ने र यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार समेत दिइएको छ ।

उक्त समितिले सन दुई हजार नौ मा आएको बाढी र सन दुई हजार बा-हको मर्स भाइरस संक्रमणको घटनाको पनि नयाँ तरिकाले छानविन शुरु गरेको साउदीको समाचार संस्था अल अरेवियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित