November 1, 2017

पाँच महिनापछि कलंकी चोकमा जाम नहुने

कात्तिक १५,काठमाण्डाै : उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।

th

चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको पाँच महिनाभित्र सकिनेछ ।

आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ द्रुत गतिमा निर्माण हुँदैछ । मार्च सम्ममा सवै काम सक्ने गरि काम हुँदैछ । पो पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौंको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्जट यात्रा गर्न सक्नेछन् ।’

आयोजनाका अनुासर ‘अण्डरपास वे’को निर्माण कार्य १० महिना अघिबाट सुरु गरिएको हो । यस अवधिमा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी ६० प्रतिशत काम भने अवको पाँच महिनाभित्र सम्पन्न हुनेछ।

आयोजना प्रमुख झाले भने,‘गएको १० महिनामा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सकेको छ । यो अति जटिल काम हो । किनकी यस अवधिमा ‘अण्डरपास वे’को ‘वेसमेन्ट’ राख्ने काम भयो । बाँकी रहेको ६० प्रतिशत काम निक्कै सजिलो छ । यो अवको पाँच महिना भित्रै सकिनेछ ।’

निर्माण अवधिको १० महिनामा ठेकेदार कम्पनीले ‘अण्डरपास वे’को खसिबजार तर्फ ‘क्लीयर’ गरिसकेको छ । यस तर्फ अव कलोपत्रे गर्न मात्रै बाँकी छ । ‘अण्डरपास वे’को माथिल्लो भाग पनि लगभग निर्माण भइसकेको छ । अव सितापाइला तर्फको भाग मात्रै ‘क्लीयर’ हुन बाँकी छ ।आजको नयाँ पत्रिकामा खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण