६१-३९ मा मिल्यो एमाले-माओवादीको हिसाब

कात्तिक १५ : एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् ।

नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ ।

यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको छ ।

गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् ।

‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले भने, ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ ।’

एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण