यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट

कात्तिक १५ : एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो ।

सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो । झापा, चितवन, दाङ्ग, सल्यान, दैलेख र उदयपुरको सिट विभाजनमा समस्या देखिएको थियो । प्रतिनिधिसभाका १२८ र प्रदेशका २५६ सिटमा आगामी मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुँदैछ । 

चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार हुने भएका छन् । सोही क्षेत्रमा दावी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापालाई काठमाडौं–१० बाट उठाउने सहमति भएको छ ।

उक्त क्षेत्रबाट यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेका थिए । पहिलो संविधानसभा चुनावमा दाहालले उक्त क्षेत्रबाट जितेका थिए ।

पछिल्लो संविधानसभामा भने कांग्रेसका नेता राजन केसीसँग हारेका थिए । उक्त क्षेत्रमा एमालेबाट प्रस्तावित नेता सुरेन्द्र मानन्धरको नाम भने समानुपातिकमा परेको छ । उनी यसअघि पनि दाहालसँग प्रतिस्पर्धा गरेका थिए । यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय