११ कात्तिक, काठमाडौं : स्मार्ट टेलिकमले भोली कात्तिक १२ गतेदेखि फोरजी मोबाइल सेवा संचालन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा शुरु गर्न लागेको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सेवा शुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै कम्पनीले १ सय ५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्नेछ भने थप ८० वटा टावर राख्ने काम भईरहेको छ ।
त्यसैगरी, अन्य स्थानहरुमा पनि फोरजी मोबाइल सेवा संचालन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । कम्पनीले हाल सेवा संचालनका लागि काठमाडौं उपत्यकासहित मुलुकभर करिब साढे ३ सय बिटिएस टावर स्थापना गरिसकेको छ ।
सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१० देखि जिएसएम मोबाइल सेवा संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । यसअघि नै नेपाल टेलिकम र एनसेलले फोरजी सेवा संचालन गरिसकेका छन् ।
असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार
जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा
१७ बैशाख,काठमाडौं।अग्रणी मोबाइल गेम, PUBG MOBILE एवं नेपालको उत्कृष्ट ISP, WorldLink बीच एक सम्झौता गरिएको
७ वैशाख,काठमाडौं। नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०
६ वैशाख,काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका
२१ चैत,काठमाडौं । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र अनधिकृत व्यक्तिहरुको समूहले