October 28, 2017

भोलीदेखि स्मार्ट टेलिकमको फोर जी सेवा सुरू

११ कात्तिक, काठमाडौं : स्मार्ट टेलिकमले भोली कात्तिक १२ गतेदेखि फोरजी मोबाइल सेवा संचालन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा शुरु गर्न लागेको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

thकम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सेवा शुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै कम्पनीले १ सय ५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्नेछ भने थप ८० वटा टावर राख्ने काम भईरहेको छ ।

त्यसैगरी, अन्य स्थानहरुमा पनि फोरजी मोबाइल सेवा संचालन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । कम्पनीले हाल सेवा संचालनका लागि काठमाडौं उपत्यकासहित मुलुकभर करिब साढे ३ सय बिटिएस टावर स्थापना गरिसकेको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१० देखि जिएसएम मोबाइल सेवा संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । यसअघि नै नेपाल टेलिकम र एनसेलले फोरजी सेवा संचालन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब